अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०१ | Colorodo: 23:16

रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमालको निधन

बिआरटीनेपाल २०७५ भदौ १५ गते ९:२९ मा प्रकाशित

रेडियो नेपालका पहिलो गायक, नाट्य धरोहर हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा निधन भएको छ । वि. सं १९८२ साल असोज २ गते जन्मिएका रिमालको शुक्रवार बिहान १ बजेर ७ मिनेटमा निधन भएको हो । रिमालको आजै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

रिमालले ‘फगत् एक नजरमा…’, ‘बिनाबादल असिना पर्दैन…’, ‘पवनले फूललाई क्यै भन्यो कि क्या…’, ‘आँसु बहाउ तिमी उता…’, ‘न त सम्झनु न त बिर्सनु…’, ‘जाउँ हामी बादल पारि…’लगायतका अजम्वरी गीत गाउनुभएको छ । वि.सं. १९९५ सालमा बालकृष्ण समको ‘प्रल्हाद’ नाटकको माध्यमबाट गायक रिमाल नेपाली रंगमञ्चको क्षेत्रमा प्रवेश गर्नुभएको थियो ।

रिमालले जीवनको उर्वर ४५ वर्ष रेडियो नेपालमै विताउँदा सो अवधिभर सयौं गीत गाउनुका साथै करिब दुई हजार रेडियो नाटकको निर्देशन गर्नुभएको थियो । लामो समयदेखि अस्वस्थ्य भइ घरमै आराम गरिरहेका रिमालका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । २००७ सालमा स्थापित रेडियो नेपालका संस्थापक सदस्यसमेत रहनुभएका रिमालले शङ्कर लामिछानेको रचनामा सङ्गीत र स्वर दिएर रेडियो नेपालका प्रथम गायक वन्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू