अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५० | Colorodo: 20:05

आतंकवादप्रति शून्य सहनशिलता – बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद

बिआरटीनेपाल २०७५ भदौ १४ गते ९:०२ मा प्रकाशित

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले आतंकवादीहरुप्रति शून्य सहनशिलता बंगलादेशको प्रतिबद्धता रहेको वताउनुभएको छ । चौथो विमस्टेक शिखर सम्मेलनलाई बिहीबार काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री हसिनाले उर्जासम्बन्धी अहिले भइरहेको दुइपक्षीय सम्झौताको स्वागत गर्दै त्रिपक्षीय बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले बंगलादेशको भूमि आफ्ना छिमेकीविरुद्ध प्रयोग गर्न नदिने प्रतिवद्धता समेत जनाउनुभयो ।

पछिल्लो समय आफ्नो कार्यकालमा बङ्लादेशले निकै राम्रो आर्थिक विकास गरेको उल्लेख गर्दै उहाँले विश्व बैंकका अनुसार ४३ जीडीपी, ३२ पीपीपीको आधारमा, यही रफ्तारमा बङ्लादेशले विकास गरेमा सन् २०२१ मा बङ्ग्लादेश मध्यम आय भएको राष्ट्र र सन् २०४२ सम्म विकसित राष्ट्रमा पदोन्नती हुने हसिनाको विश्वाश थियो ।

प्रधानमन्त्री वाजेदले विमस्टेकका केही सदस्यहरुबिच द्धिपक्षीय उर्जा विजुली सहमति भएकोमा सम्मान गर्दै यसलाई त्रिपक्षीय र क्षेत्रिय बनाउन सके आपसमा विकास बढ्ने विश्वास व्यक्त गर्नुभयो । विकाससँगै जनता–जनताबीच सम्पर्कलाई पनि आपसमा जोड्नसके विमस्टेक उदेश्य पुरा हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू