अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४० | Colorodo: 07:55

पश्चिम सेती जलविद्युत आयोजना बनाउन थ्री गर्जेजद्वारा अस्वीकार

बिआरटीनेपाल २०७५ भदौ १३ गते ९:२० मा प्रकाशित

चिनियाँ कम्पनी थ्री गर्जेजले पश्चिम सेती जलविद्युत आयोजना बनाउन अस्वीकार गरेको छ । बुधबार थ्री गर्जेजका प्रतिनिधि र लगानी बोर्डबीच परियाजना निर्माणका विषयमा राजधानीमा भएको वार्तामा उसले आयोजना बनाउन अस्वीकार गरेको हो । लगानी बोर्डले परियोजनाको क्षमता ७५० बाट घटाएर ६२० मेगावाटमा झार्ने र अमेरिकी डलरमा विद्युत खरिद सम्झौता (पीपीए) गर्ने प्रस्ताव गरेकोमा बोर्डका सीइओ महाप्रसाद अधिकारीले परियोजना अघि बढाउन आग्रह गर्नुभएको थियो ।

तर, थ्री गर्जेजका प्रतिनिधिले त्यसलाई अस्वीकार गरेको बताइएको छ । प्राविधिक र पुनर्वास लगायतका धेरै विषयका कारण परियोजना वित्तिय रुपमा सम्भाव्य नरहेको थ्री गर्जेजको ठहर रहेको छ । थ्री गर्जेजको सहायक कम्पनी सीडब्लूई इन्भेस्टमेन्ट कर्पोरेसन र लगानी बोर्डबीच २०६८ सालमै ७५० मेगावाटको पश्चिम सेती बनाउने सहमति भएको थियो । १ खर्ब २० अर्ब लागत अनुमान गरिएको परियोजनामा ७५ प्रतिशत थ्री गर्जेज र २५ प्रतिशत विद्युत प्राधिकरणले लगानी गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू