अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१६ | Colorodo: 12:31

नेशनल क्यापीटल लाइफ टाइम अवार्ड दीपक जंगम र पत्रकारिता सम्मान गीता अधिकारीलाई

बिआरटीनेपाल २०७५ भदौ १३ गते ८:२५ मा प्रकाशित

काठमाडौँ, नेशनल क्यापीटल लाइफ टाइम अवार्ड दीपक जंगम र साङ्गीतिक पत्रकारिता सम्मान गीता अधिकारीलाई प्रदान गरिने भएको छ । विगत ५ वर्षदेखि सुगम साङ्गीतिक एवम् सांस्कृतिक र शास्त्रीय सङ्गीतको क्षेत्रमा सक्रिय रहँदै आएको क्यापीटल इभेन्टले यो वर्षको विएफडियर हिल नेशलन क्यापीटल लाइफ टाइम एचिभमेन्ट अवार्ड वरिष्ठ सङ्गीतकार दीपक जंगमलाई प्रदान गर्ने भएको हो । त्यसै गरी यो वर्षको विएफडियर हिल साङ्गीतिक पत्रकारिता सम्मान सञ्चारकर्मी गीता अधिकारीलाई प्रदान गर्ने भएको छ ।

आयोजकका समितिको मङ्गलवार बसेको बैठकले उक्त निर्णय गरेको नेशनल क्यापीटल म्युजिक अवार्ड कार्यक्रम संयोजक कविता धितालले जानकारी गराएकी छन् ।

उनकाअनुसार आगामी भदौ १७ गते नेपाल पर्यटन बोर्डको सभाहलमा चौथो विएफडियर हिल नेशनल क्यापीटल म्युजिक अवार्ड प्रदान गरिने छ । उक्त समारोहमा नेपाली आधुनिक गीतसङ्गीत क्षेत्रका करिब ३५ विधाका उत्कृष्ट स्रष्टालाई अवार्ड वितरण गरिने बताइएको छ । 

प्रतिक्रिया