अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१५ | Colorodo: 07:30

विप्लव नेकपा की नेतृ उमा भुजेल पक्राउ

बिआरटीनेपाल २०७५ भदौ १२ गते ९:२७ मा प्रकाशित

नेत्र विक्रम चन्द नेतृत्वको नेकपा की पोलिटब्यूरो सदस्य उमा भुजेल पक्राउ पर्नुभएको छ । भुजेललार्ई काठमाडौंको बालाजुबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, काभ्रेको टोलीले आगजनी सम्बन्धी मुद्दामा अनुसन्धानका लागि उहाँलाई पक्राउ गरेको वताईएको छ ।

सशस्त्र द्वन्द्वका क्रममा गोरखा जेल ब्रेक गरेर चर्चामा आउनुभएकी भुजेल पहिलो संविधानसभामा समानुपातिक निर्वाचन पद्धतिबाट सांसदसमेत वन्नुभएको थियो । तत्कालीन माओवादी विभाजन हुँदा मोहन वैद्य नेतृत्वको पार्टीमा जानुभएका भुजेल नेत्रविक्रम चन्दले पार्टी फुटाएर नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि त्यसमा सक्रिय हुँदै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू