अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२९ | Colorodo: 20:44

पोखराबाट हराएकी किशोरी फेवातालमा मृत फेला

बिआरटीनेपाल २०७५ भदौ ११ गते ८:१६ मा प्रकाशित

पोखराबाट बेपत्ता भएकी एक किशोरी फेवातालमा मृत अवस्थामा फेला परेकी छिन् । उनी आईतबार राती १२ बजेतिर फेवातालमा हामफालेको बताईएको छ । पुम्दीभुम्दी स्थित कोदीकी १८ बर्षिय सुस्मीता लामिछाने मृत भेटिएकी हुन् । उनी पोखरा १७ छोरेपाटन उच्च माविमा कक्षा १० कक्षामा अध्ययनरत् थिईन् ।

आईतवार राती १२ बजे ड्यामसाईडबाट साथी र नजिकको दाजुलाई म्यासेज गरेर वेपत्ता भएकी उनको झोला र मोवाईल ड्यामसाइडकै फेवा किनारमा भेटिएको थियो । उनी साढे ४ बजेतिर घरबाट निस्किएको परिवार श्रोतले बताएको छ । नेपाल प्रहरीको रेस्क्यु टोलीले उनको शव तालवाट निकालेको हो । घटनाबारे अनुसन्धान भैरहेको कास्की प्रहरी प्रबक्ता रवीन्द्रमान गुरुङले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू