अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३५ | Colorodo: 05:50

नेकपा प्रवक्ता विश्वकर्मालाई तीन दिनको म्याद थप

बिआरटीनेपाल २०७५ भदौ ८ गते ९:३४ मा प्रकाशित

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मालाई जिल्ला अदालत नुवाकोटले तीन दिनको म्याद थप गरेको छ । जिल्ला अदालतले उहाँलाई तीन दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । गत साउन ७ गते नुवाकोटको बेल्कोटगढी नगरपालिका वडा नम्बर–९ मा दुईओटा स्काभेटरमा चन्द समूहले आगजानी गरेको अभियोग विश्वकर्मा माथि लगाइएको छ ।

बिहीबार सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको मुद्दामा छाड्न आदेश दिएलगत्तै पक्राउ गरिएका विश्वकर्मालाई प्रहरीले उक्त मुद्दा लगाएको हो । प्रहरीले उहाँलाई पक्राउ गरी बिहीबार राति नै नुवाकोट पु¥याएको थियो । गत साउन ७ गते राति धमले–जिलिङ सड्क स्तरोन्नतिको काम गर्दै आएको नागार्जुन कन्ट्रक्सनका दुई स्काभेटरमा आगो लगाइएको थियो । आगो लगाएका कारण एउटा जलेर पूर्णरुपमा क्षति भएको थियो भने अर्कोमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ ।

तर, विश्वकर्माले भने आगजनीमा आफ्नो संगठनको कुनै हात नरहेको दाबी गर्दै आउनुभएको छ । आफूलाई राज्यसंयन्त्रले फसाउन खोजेको विश्वकर्माको आरोप छ । विश्वकर्मालाई शुक्रबार जिल्ला अदालत नुवाकोटमा पेश गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू