अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५० | Colorodo: 13:05

मुलुकको शोधनान्तर ९६ करोड बचतमा

बिआरटीनेपाल २०७५ भदौ ७ गते १०:०३ मा प्रकाशित

गत आर्थिक बर्ष २०७४÷०७५ मा मुलुकको शोधान्तर ९६ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो आर्थिक बर्षमा ८२ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको थियो ।

नेपाल राष्ट्र बैंकले सार्वजनीक गरेको गत आर्थिक वर्षको समष्टिगत आर्थिक प्रतिवेदन अनुसार अघिल्लो आर्थिक बर्ष १० अर्ब १३ करोडले घाटामा रहेको चालू खाता घाटा गत आर्थिक बर्षमा उल्लेख्य विस्तार भई २ सय ४५ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । गत बर्ष सबै भन्दा बढी र घाटा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा औद्योगिक सामाग्री लगायतको उच्च आयातका कारण चालू खाता उल्लेख्य घाटामा रहेको बताइएको छ।

यस्तै गत आर्थिक वर्षमा पुँजीगत ट्रान्सफर १७ अर्ब ७२ करोड रुपैयाँ छ । अघिल्लो वर्षमा यस्तो आप्रवाह १३ अर्ब ३६ करोड रुपैयाँ थियो । गत आर्थिक वर्षमा १७ अर्ब ५१ करोड रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आप्रवाह १३ अर्ब ५० करोड रुपैयाँ मात्र थियो । समीक्षा वर्षमा भएको वैदेशिक लगानी आप्रवाहको अधिकांश हिस्सा ऊर्जा, सिमेन्ट, होटल लगायतका उद्योगहरू भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू