अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१४ | Colorodo: 04:29

नेपाली कांग्रेसको विधान संशोधन गर्न मस्यौदा समिति गठन

बिआरटीनेपाल २०७५ भदौ ७ गते ९:२९ मा प्रकाशित

नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्न मस्यौदा समिति गठन गरेको छ । महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरिएको हो । पार्टीलाई संघीय संरचनामा लैजान र संगठनात्मक पुर्नसंरचना गर्नका लागि पार्टीको विधानमा संशोधन र परिमार्जन गर्नुपर्ने भनी केन्द्रीय समितिले निर्णय गरे अनुसार सभापति शेरबहादुर देउवाले मस्यौदा समिति गठन गर्नुभएको हो ।

गठित समितिको सदस्यहरुमा केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल, फरमुल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय ‘डिना’, आनन्दप्रसाद ढुंगाना रहनुभएको छ । त्यस्तै नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक पनि समितिको सदस्य रहनुभएको छ ।

समितिले पार्टी सभापतिसंग परामर्श गरी आफ्नो कार्यविधी आफै तयार गरी लागू गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । समितिका संयोजकलाई आवश्यकतानुसार विभिन्न व्यक्ति तथा संस्थाहरुलाई आफ्नो समितिमा आमन्त्रण गर्न सक्ने अधिकार पनि दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू