अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४ | Colorodo: 08:49

राष्ट्रियसभा बैठक– तीन विद्येयकलाई छलफलका लागि विषयगत समितिमा पठाईयो

बिआरटीनेपाल २०७५ भदौ ५ गते ८:३४ मा प्रकाशित

राष्ट्रियसभाले विभिन्न शीर्षकका तीन विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाएको छ । राष्ट्रिय सभाको आज बसेको बैठकले विषयगत समितिमा पठाएका विधेयकमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी (पहिलो संशोधन), वातावरण संरक्षण (पहिलो संशोधन) र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक २०७५ रहेका छन ।

ती विधेयलाई क्रमशः महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइयोस् भनि बैठकमा प्रस्ताव गर्नुभएको थियो । ती प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो । राष्ट्रिय सभाको अर्को बैठक यही भदौ १२ गते ११ बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू