अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२४ | Colorodo: 06:39

अनाथ बालबालिकाहरूको सहयोगार्थ गरिएको ज्ञान महायज्ञ शिबपुराण सम्पन्न

बिआरटीनेपाल २०७५ साउन २९ गते २२:२७ मा प्रकाशित

काठमाडौँ: बानेश्वर भीमसेनगोलामा अनाथ बालबालिकाहरूको सहयोगार्थ गरिएको ज्ञान महायज्ञ शिबपुराण भव्यताको साथ सम्पन्न भएको छ l ज्ञान महायज्ञ शिबपुराणमा दैनिक हजारौँ भक्तजनहरूले शिव पुराणको कथा प्रवचन श्रवण गर्दै शिव भजनमा रमाउँदै उक्त कार्यलाई सफल बनाएका छन् l ज्ञान महायज्ञ शिबपुराणको समापन कार्यक्रम पूर्व अर्थ मन्त्री डाक्टर शङ्कर कोइराला, धार्मिक गुरुहरू, समाजसेवीहरू सञ्चारकर्मीहरू तथा भक्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो l 

११ दिन लामो ज्ञान महायज्ञ शिबपुराणमा अनाथ बालबालिकाहरूको लागि खाद्यान्न वितरण गरिएको थियो भने संस्थाले बृद बृदाहरु, बिरामीहरूको लागि फिजियोथेरापीका सम्पूर्ण सामाग्रीहरू समेत खरिद गरी उद्घाटन गरिएको थियो l उक्त अवसरमा लायन्स क्लब अफ नेपाल बुढानिलकण्ठका अधक्ष्य रुपेश्मान अमात्यले बृद बृदाहरुलाइ व्यक्तिगत रूपमा समेत खाद्यान्न वितरण गर्नुभएको थियो l

विश्व हिन्दु सिद्दकाली एकता नेपाल र लायन्स क्लब अफ नेपाल बुढानिलकण्ठको संयुक्त सहकार्यमा भीमसेनगोला पुरानो बानेश्वरमा श्रावन १७ गते देखि श्रावन २८ सम्म ज्ञान महायज्ञ शिबपुराण भएको हो । राष्ट्र शान्ति र सदभाबले मानव समाजलाई सरल र संस्कारयुक्त बनाउन सहयोग गर्दछ भन्ने उद्देश्य लिएर आचार्य श्री सिताराम तिम्सिना गुरुबाट ज्ञान महायज्ञ शिबपुराण प्रवचन गरी श्रावन महिनामा शिवको भक्ति गर्दै सम्पूर्ण धर्म अनुरागी भक्तजनहरूको गरिमामय उपस्थितिको साथ ज्ञान महायज्ञ शिबपुराण सम्पन्न भएको कुरा विश्व हिन्दु सिद्दकाली एकता नेपालका अधक्ष्य जनक नेपाल बताउनु भएको छ l

बैद्दिक सनातन धर्म संस्कृतिको संरक्षण प्रकृति र सम्पूर्ण जीव जिबात्माको शान्ति र कल्याणको कामना सहित विश्व हिन्दु सिद्दकाली एकता नेपालले राष्ट्रमा रहेका विभिन्न अंगहरुको संरक्षण र सम्बर्धनका क्षेत्रमा रहेर विभिन्न ठाउँमा विभिन्न किसिमका धार्मिक शैक्षिक कार्यक्रम गर्दै आएको हुनाले त्यसै सिलसिलामा आत्मनिर्भर हुन नभई नहुने शैक्षिक अङ्ग आज भोलि ठुलो विकृति र विसंगतिको चपेटामा परिरहेको कुरा मूल्याङ्कन गर्दै यस विश्व हिन्दु सिद्दकाली एकता नेपालले अशक्त असहाय, गरिब निमुखा र पिछडिएका बालबालिका हरूलाई सरल एवम् सुलभ ढङ्गले विभिन्न ठाउँमा गई शिक्षा प्रदान गर्दै गइरहेको हुँदा धेरै बालबालिकाहरू अझै पनि शिक्षाको ज्योति बाट वञ्चित हुनु परेको अवस्थामा त्यस्ता बालबालिकाहरूलाई सरल र सहज तरिकाले शिक्षाको पहुँच पुर्याउनका निमित्त लायन्स क्लब अफ नेपाल बुढानिलकण्ठको संयुक्त सहकार्यमा ११ दिवसीय संगीतमय ज्ञान महायज्ञ शिबपुराण आयोजना गरिएको थियो l संस्थाका प्रमुख सम्रक्षक ज्यो. पण्डित सोम प्रसाद नेपाल भोजपुरे शम्भु गुरुको समेत प्रवचन तथा पूजा पाठ सहित सम्पन्न गरिएको ज्ञान महायज्ञ शिबपुराणबाट उठेको रकम अनाथ असहाय बालबालिकाहरूको शिक्षामा लगानी गर्ने कुरा आयोजक तथा लायन्स क्लब अफ नेपाल बुढानिलकण्ठका अधक्ष्य रुपेश्मान अमात्यले बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू