अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०२ | Colorodo: 22:17

राष्ट्रिय सभाका समिति सभापति चयन भदौ ३ गते गरिने

बिआरटीनेपाल २०७५ साउन २९ गते ९:०१ मा प्रकाशित

राष्ट्रिय सभाको विषयगत समितिहरुको सभापतिको चयन आगामी भदौ ३ गते हुने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले भदौ ३ गते आइतबार समिति सभापति चयन गरिने बताउनुभयो । राष्ट्रियसभामा ४ वटा विषयगत समिति छन् । राष्ट्रिय सभा अन्तर्गतका दिगो विकास तथा सुसासन समिति, विधायन व्यवस्था समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन । सभापति चयन नभएकाले अहिले समितिको जेष्ठ सदस्यले सभापतिको भूमिका निर्वाह गरिरहेका छन् ।

यस्तै, राष्ट्रियसभाको आज बैठकले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधयेक, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी पहिलो संशोधन विधयेक, वातावरण संरक्षण पहिलो संशोधन विधयेक, र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्रा्ष्ट्रिय व्यापार नियन्त्रण पहिलो संशोधन विधयेक सर्वसम्मतीले स्वीकृत गरेको छ । राष्ट्रियसभाको अर्को बैठक साउन ३१ गते बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू