अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५८ | Colorodo: 03:13

गण्डकी प्रदेशसभामा सर्वसाधारणका समस्याबारे ध्यानाकर्षण

बिआरटीनेपाल २०७५ साउन २८ गते ९:३२ मा प्रकाशित

गण्डकी प्रदेशसभाको आजको बैठकमा सदस्यहरुले सर्वसाधारणका समस्या सम्बन्धमा प्रदेशसभा र सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा शून्य र विशेष समयमा बोल्दै सदस्यहरुले सामाजिक सुरक्षा, बाढी पहिरोलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारी र महेन्द्रबहादुर थकालीले ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनमा छुट हुने भनिए पनि त्यस सुविधाबाट उनीहरू बञ्चित रहेको तथा अबिरल वर्षका कारण मुस्ताङको बाराजोङ मुक्तिक्षेत्र गाउँपालिका, घरबजोङ गाउँपालिका लगायतका क्षेत्रमा भएको क्षति पुगेको वताउनुभयो ।

विशेष समयमा प्रदेश सभा सदस्यहरुले बलात्कारजन्य अपराधको वस्तुनिष्ठ अनुसन्धान हुनुपर्ने, उच्चपदस्थ कर्मचारीको शैक्षिक प्रमाणपत्र छानबिन गरिनुपर्ने, बूढीगण्डकी आयोजनाका कारण विस्थापित सर्वसाधारणको उचित व्यवस्थापन हुनुपर्ने तथा संविधानले आमाको नामबाट नागरिता पाउने स्पष्ट व्यवस्था गरेका अवस्थामा त्यसको सही कार्यान्वयन हुनुपर्ने धारणा राखेका छन ।

आजको छलफलमा सदस्यहरु मीना गुरुङ, कृष्णचन्द्र नेपाली, कृष्ण थापा, हरिशरण आचार्य, भगवतप्रसाद आचार्य र पियारी थापाले भाग लिनुभएको थियो । बैठकमा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले मुख्य न्यायाधिवक्ताको काम कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विधायन समितिको प्रदिवेदन सभासमक्ष प्रस्तुत गर्नुभएको थियो । सभाको अर्को बैठक आगामी साउन ३१ गते १ बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू