अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४३ | Colorodo: 05:58

यस्तो रह्यो मिस्टर भर्जिनको मोफसल टुर

बिआरटीनेपाल २०७५ साउन २८ गते ९:१६ मा प्रकाशित

गत सोमबारबाट सुरु भएको चलचित्र ‘मिस्टर भर्जिन’को मोफसल टुर सम्पन्न भएको छ । पोखराबाट सुरु भएको मोफसल टुर बुटवल, चितवन, हेटौंडा, धरान, बिर्तामोड, दमक हुँदै चलचित्र टिम काठमाडौँ आइपुगेको छ । यस्तै काठमाडौँमा पनि लगनखेल, नयाँ बसपार्क लगायतका क्षेत्रमा मङ्गलवार साङ्गीतिक कार्यक्रम हुने चलचित्र टिमले जनाएको छ । 

टुरमा कलाकार गौरव पहाडी, कमलमणि नेपाल, मरिश्का पोख्रेल, रविन्द्र झा सहित अन्य गायक गायिका पनि सहभागी थिए । टुरका क्रममा दर्शक तथा सञ्चारकर्मीसँग भेटघाटका साथमा साङ्गीतिक कार्यक्रम पनि गरिएको थियो । टुरका दौरान दर्शकहरूसँग नजिक रहेर चलचित्रका बारेमा जान्न पाएकाले पनि खुसी लागेको टुरमा सहभागी कलाकारले बताए । 

वल्र्ड वाइड फिल्मस डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा गौरव पहाडी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दीप उप्रेती, टिका पुलामी मगर र हेमप्रसाद दवाडी रहेका छन् । चलचित्र ‘मिस्टर भर्जिन’ यही भाद्र १ गतेबाट प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू