अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२७ | Colorodo: 06:42

सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानव अधिकारप्रति प्रतिवद्ध– प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ साउन २७ गते ८:०६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानव अधिकारप्रति प्रतिवद्ध रहेको बताउनुभएको छ । नेपाल मिडिया सोसाइटीका नव निर्वाचित कार्य समितिलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बधाइ दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना भएको, त्यसका लागि आफू १४ वर्ष जेल बसेको, पार्टीको कैयौं नेता, कार्यकर्ता सहिद भएकोले वर्तमान सरकार र नेपाल कम्युनिष्ट पार्टीबाट लोकतन्त्रलाई कहिले पनि खतरा नहुने स्पष्ट पार्नुभयो ।

माइतीघर मण्डलाको विषयलाई लिएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेको प्रधानमन्त्री ओलीको भनाइ छ । नेकपा लोकतन्त्रको जन्मदाता भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेकपाको सरकार भएका बेला लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानव अधिकार हनन् हुने कुरा कल्पनासम्म गर्न नसकिने वताउनुभयो । प्रधानमन्त्री ओलीले सरकारलाई सजग गराउन र जनतालाई सचेत गराउन मिडियाको ठूलो भूमिका हुने आवश्यकता औल्याउनुभयो । केही सञ्चार माध्यमले आफ्नो दायित्व भुलेर जथाभावी गरिरहेकोमा प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

अहिले लेखिएका कुरा २० वर्षपछि हेर्दा पनि सत्य र सान्दर्भिक हुनुपर्ने उल्ल्ेख गर्दै प्रधानमन्त्री ओलीले १० वर्षमा नेपालको कायाकल्प गर्न सकिने पनि बताउनुभयो । कृषिमा आश्रित जनसंख्यालाई आगामी २ वर्षमा २० प्रतिशतमा झार्ने तर यसको उत्पादकत्व हालको भन्दा कयौं गुणा बढाउने सरकारको लक्ष्य रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । सो प्रधानमन्त्री ओलीले सोसाइटीका अध्यक्ष शुभशंकर कडेल लगायत कार्यसमितिलाई सफल कार्यकालको शुभकामना पनि दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू