अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५८ | Colorodo: 16:13

संघीय संसद वैठक– छलफलका लागि ४ वटा विधेयक समितिमा

बिआरटीनेपाल २०७५ साउन २१ गते ९:१५ मा प्रकाशित

प्रतिनिधि सभाले विभिन्न चार वटा विधेयक दफावार छलफलका लागि सम्वन्धित समितिमा पठाएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवन आज बसेको बैठकले चार वटै विधेयक दफावार छलफलका लागि सम्वन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको हो । गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको सार्वजनिक सुरक्षा तेस्रो संसोधन विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइएको छ ।

यस्तै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गर्नुभएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक शिक्षा तथा स्वास्थ्य समितिमा पठाइएको छ । अर्थमन्त्री युवराज खतिवडाको तर्फबाट कानूनमन्त्री ढकालले प्रस्तुत गर्नुभएको लेखा परिक्षण विधेयक र बीमा विधेयक अर्थ समितिमा पठाइएको छ । प्रतिनिधि सभाको अर्को बैठक आगामी आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

 

प्रतिक्रिया