अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५६ | Colorodo: 21:11

दुई तिहाईले अस्विकृत गरेको निर्णयलाई अन्याय भयो भनेर भन्न पाईँदैन् – लक्ष्मणलाल कर्ण

बिआरटीनेपाल २०७५ साउन २० गते ८:५९ मा प्रकाशित

राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता एवम् संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले सुनुवाई समितिले गरेको निर्णय संविधानसम्मत् रहेको स्पष्ट पार्नुभएको छ । काठमाण्डौंमा आज आयोजित साक्षात्कारमा बोल्दै उहाँले मुलुक संवैधानिक सर्वोच्चतामा चलेको उल्लेख गर्दै उहाँले समितिले गरेको निर्णय सबैले मान्नुपर्ने जिकिर गर्नुभयो ।

प्रधानन्यायाधीशमा अस्विकृत भएपछि दिपकराज जोशीले आफूले पद नछोड्ने भनेर भनेको कुरापनि सुन्नमा आएको उल्लेख गर्दै नेता कर्णले सर्वोच्च अदालतको कामकारबाहीको बाटो छेक्ने काम जोशीले गर्न नहुने वताउनुभयो । फरक प्रसँगमा कर्णले न्यायाधीशहरुको शैक्षिक प्रमाणपत्रको विषयमा सुनुवाई समितिले छानबिन तथा कारबाही गर्न नसक्ने स्पष्ट पार्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू