अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५७ | Colorodo: 09:12

कामु प्रधानन्यायधीश जोशी आईतवारदेखि विदामा वस्ने, आफुमाथि अन्याय भएको ठहर

बिआरटीनेपाल २०७५ साउन १९ गते ७:३६ मा प्रकाशित

कामु प्रधानन्यायाधीश दीपकराज जोशी भोलि आइतबारबाट विदा वस्नु हुने भएको छ । संसदीय सुनुवाई विशेष समितिले शुक्रबार जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकार गरेपनि जोशीले भने राजीनामा नदिने अडान लिंदै आउनुभएको छ ।
तर, उहाँ भोलिबाट विदा बस्ने तयारीमा रहनुभएको जनाईएको छ । जोशीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर यसको जानकारी गराउने तयारी गरेको स्रोतले जनाएको छ । जोशी तत्कालका लागि विदामा बस्न लागेको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिनुभएको छ ।

यसैवीच, कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले आफुमाथि अन्याय भएको वताउनुभएको छ । शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै जोशीले आधिकारीक निकायको अध्ययन विना नै आफ्ना प्रमाणपत्रका विषयमा संसदीय सुनुवाई विशेष समितिले धारणा बनाउँदा आफुलाई असाध्यै अन्याय भएको वताउनुभएको छ ।

संसदीय सुनुवाई विशेष समितिमा संविधान बमोजिम सुनुवाई भई सार्वजनिक संचार माध्यममा आफ्नो विषयमा सम्प्रेषित समाचार , आशंका र भ्रमका आधारमा तथ्यगत निष्कर्ष विना नै निर्णय भएको विषयमा गंभीर सरोकार रहेको जोशीले वित्रप्तिमा उल्लेख गर्नुभएको छ । जोशीलाई संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशको लागि शुक्रबार अस्वीकृत गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू