अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०४ | Colorodo: 07:19

वैचारिक प्रतिस्पर्धा गर्न नसकेर केही पार्टीले अधिनायकवादको हल्ला फिजाए – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ साउन १७ गते ८:३२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले केही राजनीतिक पार्टीहरू विचारमा प्रतिस्पर्धा गर्न नसकेर सकारविरुद्ध अधिनायकवादको हल्ला फिजाउँदै हिँडेको वताउनुभएको छ । २१ औं तुलसीलाल स्मृति दिवसको अवसरमा विहीवार तुलसीलाल स्मृति प्रतिष्ठानले काठमाण्डौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो सो कुरा वताउनुभएको हो ।

कतिपय पार्टीले आन्तरिक झगडा मिलाउन नसकेर सरकारको विरोधमा नेता कार्यकर्तालाई अलमल्याएको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलहरुको यस्तो हल्लालाई जनताले तिरस्कार गर्ने ठोकुवा गर्नुभयो । वर्तमान सरकार नेपालीका सुखका चाहना पूरा गर्न प्रयासरत रहेको प्रधानमन्त्रीले वताउनुभयो । प्राकृतिक स्रोत साधन र परम्पराले धनी भएको देशका जनता गरिब हुन नसुहाउने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्रीले समृद्धिले मात्र सुख प्राप्त नहुने भन्दै प्रधानमन्त्री ओलीले समान अधिकार,समान अवसर,समान सुरक्षा र समान आत्मसम्मान प्राप्त भएमात्र सुख प्राप्त हुने वताउनुभयो । प्रधानमन्त्री ओलीले तुलसीलाललाई वाम आन्दोलनका पुराना नेताको रूपमा स्मरण गर्दै नेकपा आजको अवस्थामा आइपुग्न उहाँको महत्वपूर्ण योगदान रहेको वताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू