अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१० | Colorodo: 06:25

पोखराको पालिखे चोकलाई फराकिलो वनाउन शुरु 

बिआरटीनेपाल २०७५ साउन १७ गते ८:२४ मा प्रकाशित

लामो समयको प्रयासपछि पोखराको पालिखेचोक फराकिलो वनाउने काम सुरु भएको छ । चोकमा रहेका ४ वटा घरहरु भत्काएर वाटो चौडा वनाउने का थालिएसंगै विगत चार दशकदेखिकोे प्रयास सफल हुने देखिएको छ । सडक वीचमा रहेका घरहरुको कारणले पोखराको सो क्ष्ोत्रमा ट्राफिक व्यवस्थापन समेत प्रभावित हुँदै आएको थियो ।

विहीवार पोखरा लेखनाथ महानगरपालिकाले स्थानीय मिश्री उदास, वसन्त उदास र दुधमान उदासको नाममा रहेको घरहरु डोजर लगाएर भत्काएको छ । उदास परिवारले ७२ लाख ७२ हजार जग्गा वापत र घरवापत ४ लाख ११ हजार रुपैयाँ मुआव्जा वुझेका थिए । वाटो फराकिलो वनाउन अव प्रदीपशंकर पालिखे, किशोरादेवी श्रेष्ठ र कृष्णमान श्रेष्ठको घर भत्काउन वाँकी छ । प्रदीपशंकर पालिखेले महानगरवाट मुआव्जा वुझिसकेका छन् भने किशोरादेवी र कृष्णमान श्रेष्ठले मुआव्जा लिनको लागि प्रकृया अघि वढेको छ ।

महानगरपालिकावाट पालिखेचोक फराकिलो वनाउने जिम्मेवारी पाएर त्यसको संयोजन गर्नुभएका वडा नं ४ का अध्यक्ष शंकरप्रसाद वास्तोलाले १३ महिनाको अथक प्रयास पछि उपलव्धी हासिल भएको वताउनुभएको छ । अव विस्तारै वाँकी घरहरु पनि हटाएर सडक फराकिलो पार्ने वास्तोलाले वताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू