अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२७ | Colorodo: 17:42

प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे सर्वसम्मतिमा निर्णय लिईने– नेकपा नेता सुमनराज प्याकुरेल

बिआरटीनेपाल २०७५ साउन १५ गते ८:३७ मा प्रकाशित

संसदीय सुनुवाई विशेष समितिका सदस्य एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुमनराज प्याकुरेलले भोलि बस्ने सुनुवाई समितिको बैठकबाट सर्वसम्मतीमै प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउने वा नबनाउने भन्नेबारे निर्णय लिईने वताउनुभएको छ ।

समितिमा भएका १५ जना सदस्यहरुबीच एकरुपता र समितिमा हार्दिकता रहेको उल्लेख गर्दे उहाँले बाहिर चर्चा भएजस्तो आफुहरुविच मतभिन्नता नरहेको दावी गर्नुभयो । यद्धपी पूनरावेदन अदालतले गरेको निर्णय सर्वोच्च अदालतले उल्टाउन सक्ने गरेको स्मरण गर्दै प्याकुरेलले सुनुवाई समितिले संवैधानिक परिषदको निर्णय दुई तिहाईले उल्टाउन सक्ने स्पष्ट पार्नुभयो ।

प्याकुरेलले न्यायिक संस्थाको प्रमुखले संसदलाई प्रेसर गर्न नहुने धारणा राख्नुभएको छ । एक फरक प्रसँगमा उहाँले आफूहरुलाई पार्टीले कुनै ह्विप जारी नगरेको पनि स्पष्ट पार्नुभयो । पटक–पटक आफूहरुले सर्वसम्मतीमा निर्णय गर्ने तयारी गरिसकेकोले कसैले पनि यो विषयमा दबाबको राजनीतिक गर्न नहुने धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू