अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३५ | Colorodo: 01:50

नेपाल र चीनले गैरसरकारी सँस्थाहरूलाई संयुक्त रूपमा परिचालन गर्ने समझदारीपत्रमा हस्ताक्षर

बिआरटीनेपाल २०७५ साउन १४ गते ८:३८ मा प्रकाशित

नेपाल र चीनले गैरसरकारी संस्थाहरूलाई संयुक्तरुपमा परिचालन गर्ने सहमति भएको छ । समाज कल्याण परिषद् र चीनको चाइना एनजीओ नेटवर्क फर इन्टरनेशनल एक्सजेन्ज (सीएनआई) बीच दुवै देशको गैरसरकारी संस्थालाई संयुक्त रुपमा परिचालन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा र चीनका उपविदेश मन्त्री वाङ वाजुनको उपस्थितिमा काठमाडौँमा परिषद सदस्य सचिव डिल्ली भट्ट र चीनको सीएनआईका सदस्य सचिव झू रुईले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

तीन वर्षे समझदारी पत्रमा नेपालको शिक्षा, स्वास्थ्य, सामुदायिक विकास र विपद् व्यवस्थापनमा गैरसरकारी संस्थामार्फत् चीनले सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ । समझदारी पत्रमा चीनले नेपालको विकास सहायता उपलब्ध गराउँदा नेपालको प्रचलित कानुन अनुरुप सञ्चालन गर्ने पनि स्पष्ट पारिएको छ । कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थापाले समझदारीलाई प्रभावकारी ढङ्गले अघि बढाउन दुवै मुलुकका सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू