अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४७ | Colorodo: 03:02

सरकारको आलोचना गर्ने बेला भएको छैन – नेकपा नेता रायमाझी

बिआरटीनेपाल २०७५ साउन १२ गते ८:४६ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अहिले नै सरकारको कामकारबाही माथि प्रश्न उठाउने बेला नभएको वताउनुभएको छ । काठमाण्डौंमा आज आयोजित एक कार्यक्रममा वोल्दै उहाँले अझै एक वर्ष सरकारको काम हेर्नुपर्ने र अहिलेको सन्दर्भमा सरकारले राम्रो काम गर्ने कोशिस गरिरहेको वताउनुभयो ।

नेता रायमाझीले डाक्टर गोविन्द केसीले उठाएका मागहरु ठीक भएपनि समग्र मेडिकल क्षेत्रको सुधारको लागि रोडम्याप पर्याप्त नभएको स्पष्ट पार्नुभएको छ । अहिले आएको चिकित्सा शिक्षा विद्येयकले सबै समस्याको हल नगर्ने उहाँको ठहर थियो । नेता रायमाझीले अहिले मुलुकको समग्र समृद्धिको रोडम्यापको आवश्यक्ता रहेको वताउदै शिक्षा र स्वास्थ्यको अलावा त्यतातिर सबैको ध्यान केन्दि«त हुनुपर्ने उल्लेख गर्नुभयो । नेपालका निजी मेडिकल कलेजहरुलाई राष्ट्रियकरण गरेरमात्रै नहुने उहाँको धारणा छ । उपत्यकाभित्र वा बाहिर मेडिकल कलेज खोल्ने वा नखोल्ने कुरा अहिलेको सवाल नरहेको उल्लेख गर्दै रायमाझीले उत्पीडित जनताले सर्वशुलभ उपचार गर्न पाउने कुरा मुख्य विषय रहेको वताउनुभयो ।

शिक्षा र स्वास्थ्य क्षेत्रलाई राष्ट्रियकरण वा निजीकरण नभई व्यवसायीकरण गराउनुपर्ने उहाको भनाई थियो । उहाँले सरकार र गोविन्द केसीबीच भएको हालैको सम्झौता कार्यान्वयन गर्नुपर्नेमा जोड समेत दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू