अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५० | Colorodo: 12:05

डा. गोविन्द केसीका माग सरकारले कार्यान्वयन गर्छ – पर्यटनमन्त्री अधिकारी

बिआरटीनेपाल २०७५ साउन ११ गते ८:१३ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले डा गोविन्द केसीले उठाएका माग सरकारले कार्यान्वयन गर्ने बताउनुभएको छ । पोखरा लेखनाथ महानगरपालिका–५ मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजको रजतमहोत्सव समारोहको आज उद्घाटन गर्दै उहाँले केसी र सरकारबीच भएको सहमतिलाई सरकारले कार्यान्वयनमा लैजाने बताउनुभयो ।

विगतमा धेरैपटक सरकारको तर्फबाट डा केसीसँग गरिएका सहमति कागजमा मात्र सीमित रहेको बताउँदै उहाँले अब भने सम्झौतालाई व्यवहारमै लागू गरिने विश्वास व्यक्त गर्नुभयो । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्धारित समयमा नै सम्पन्न हुने बताउँदै मन्त्री अधिकारीले विमानस्थल निर्माणसँगै पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो ।

वर्तमान सरकारलाई जनताले महत्वपूर्ण अवसर प्रदान गरेको बताउँदै उहाँले यस अवसरलाई आत्मसात गर्दै अघि बढ्न नसकेमा इतिहासमा अर्को अवसर प्राप्त नहुने हुँदा सरकार त्यही रुपमा राष्ट्रको समृद्धि र विकासका लागि क्रियाशील बनेको बताउनुभयो । उक्त अवसरमा मन्त्री अधिकारीले समाजद्वारा निर्मित सूर्यचन्द्र वाटिकाको उद्घाटन गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू