अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५२ | Colorodo: 20:07

गण्डकी प्रदेश स्तरीय पर्यटन फोटो प्रतियोगितामा बुढा र महर्जन प्रथम

बिआरटीनेपाल २०७५ साउन ९ गते ९:१४ मा प्रकाशित

गण्डकी प्रदेश स्तरीय पर्यटकीय फोटो प्रतियोगितामा मेरिट महर्जन र प्रकाश बुढा छुट्टाछुटै विधामा प्रथम भएका छन् । पर्यटकीय गतिविधि तर्फ मेरिट महर्जनले खिचेको कास्कीको माछापुच्छ«े हिमालको तस्विर प्रथम भएको छ भने पर्यटकीय गन्तव्य तर्फको विधामा प्रकाश बुढाले खिचेको मनाङको ब्राका गाउँको तस्विरले प्रथम पुरस्कार पाएको छ । उनीहरुले नगद ३० ३० हजार जित्न सफल भएका छन् ।

गण्डकी प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा प्रदेशको पर्यटकीय स्थल र पर्यटकीय उत्पादन सहितको प्रोफाइल तयार गर्ने उद्देश्यले भएको प्रतियोगितामा पर्यटकीय गतिविधि तर्फको विधा तर्फ देव डंगोलले खिचेको कास्कीको धम्पुसको तस्विर दोस्रो, आदित्य चन्दको मुस्ताङको घोडचढीको तस्विर तेस्रो भयो । यस विधामा देव डंगलको हिमचुली हिमाल मुनी स्की गरेको तस्विर चौथो र गोलमान गुरुङको पर्वतमा क्यानोनिङ गरेको तस्विर पाँचौ भएको छ ।

यसै गरि पर्यटकीय गन्तव्य विधा तर्फ क्रमश उमिद शाक्यको मुस्ताङको झारकोटको तस्विर द्धितिय, महेन्द्र गुरुङले खिचेको कोरीगाउँको तस्विर तृतिय र सिरिस विसि काठमाण्डौले खि को मनाङको फु गाउँको तस्विर चौथो भएको छ । पोखराका रोहित गिरीले खिचेको शान्तिस्तुपाको तस्विरले पाँचौ स्थान हासिल गरेको छ ।

नेपाल पर्यटन वोर्डको सहयोग र फोटो पत्रकार क्लव नेपालको प्राविधिक सहयोगमा भएको प्रदेश स्तरीय फोटो प्रदर्शनीमा विजेता प्रथम, द्धितिय र तृतीयले क्रमशः ३० हजार, २० हजार, १५ हजार र प्रमाण पत्र पाउँने छन । चौथो हुनेले सान्त्वना स्वरुप दश हजार र प्रमाण पत्र पाउने छन् । फोटो प्रतियोगितामा पर्यटकीय गतिविधि विधामा १ सय १९ र पर्यटकीय गन्तव्य विधामा ३ सय ३९ फोटोलाई सहभागी गराईएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू