अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५५ | Colorodo: 16:10

सरकारको निरंकुशताविरुद्ध लड्ने काँग्रेस महामन्त्री कोइरालाको चेतावनी

बिआरटीनेपाल २०७५ साउन ९ गते ९:०२ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारको निरंकुशताविरुद्ध लड्ने चेतावनी दिनुभएको छ । महामन्त्री कोइरालाले सरकारको निरंकुशताविरुद्ध जुध्न पार्टीका सबै नेता, कार्यकर्तालाई एकजुट भएर अघि बढ्न पनि आह्वान गर्नुभयो ।
विपी स्मृति दिवसको अवसर पारेर बुधबार काठमाडांैमा आयोजित एक कार्यक्रममा बोल्दै कोईरालाले सरकारले पञ्चायतकालीन शैलीमा तरुण दलका नेता, कार्यकर्तामाथि केही दिन अघि आक्रमण गरेको स्मरण गराउँदै आक्रोश व्यक्त गर्नुभएको छ । महामन्त्री कोइरालाले सरकारको ज्यादती विरुद्ध नडराई लेख्न पनि पार्टी निकटका पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले दुई तिहाई दम्भका साथ अधिनायकवादी चरित्र देखाईरहेको आरोप लगाउँदै त्यसविरुद्ध लडन पार्टीका सबै जनवर्गीय संगठनहरुलाई निर्देशन दिनुभयो । उहाँले सरकार संविधानको आधारभूत मूल्य, मान्यता विपरितका गतिविधिमा संलग्न रहेको आरोप लगाउनुभयो । उपसभापति निधिले शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका आफ्ना पार्टीका युवा संगठन तरुण दलका नेताहरुलाई घाइते बनाउने काम गरिएको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू