अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३२ | Colorodo: 20:47

सरकारलाई अपदस्थ गर्न षड्यन्त्र –नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७५ साउन ८ गते ८:२४ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षीहरुले सरकारलाई अपदस्थ गर्न षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको छ । उहाँले विपक्षीहरुले सरकारका बारेमा गलत प्रचार गरेको भन्दै त्यसको प्रतिवाद गर्नका लागि कलम चलाउन पार्टी निकट पत्रकारहरुसँग आग्रह गर्नुभएको छ ।

नेकपा केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा वोल्दै उहाँले सत्तामा पुगेपछि जनमत जोगाउन गाह्रो हुने भन्दै क्रान्तिकारीले मिहिनेत गर्ने समय आएको पनि वताउनुभयो । अध्यक्ष प्रचण्डले पार्टी र सरकारको रक्षाका लागि पनि लाग्नुपर्ने बेला भएको भन्दै सबैलाई पार्टीहितकोे काममा लाग्न निर्देशन दिनुभएको छ । कम्युनिष्टहरुको एकता र निर्वाचनबाट बनेको दुई तिहाइ सरकार विरुद्ध नियोजित षड्यन्त्र भइरहेको प्रचण्डको भनाई थियो । उहाँले भए÷ नभएका कथाहरु बनाएर सरकार र नेकपाको विरोधमा भ्रम छर्न भइरहेका नियोजित षड्यन्त्र चिर्न पार्टी मातहतका नेता कार्यकर्तालाई आग्रह समेत गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू