अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५१ | Colorodo: 03:06

डा. केसीको अनशनमा अरुले राजनीति गरे – प्रधानमन्त्री

बिआरटीनेपाल २०७५ साउन ८ गते ८:२३ मा प्रकाशित

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले डा. गोविन्द केसीको अनशनको नाममा अरुले राजनीति गरेको आरोप लगाउनुभएको छ । धुम्बाराहीस्थित नेकपा केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले डा. केसीको अनशनमा कांग्रेस मिसिएको जिकिर गर्नुभएको हो ।

उहाँले सबैको निस्शुल्क स्वास्थ्योपचार र गुणस्तरीय शिक्षाका लागि नेकपाले पहल गर्दै आएको भन्दै सबै समस्याको समाधान संवाद र संसद्बाट टुङ्गिने बताउनुभयो । प्रमुख प्रतिपक्षी दलप्रति आक्रमक रुपमा प्रस्तुत हुनुभएका प्रधानमन्त्री ओलीले संविधान बमोजिम संसद्ले कानून बनाउने लोकतान्त्रिक विधिबाट अघि बढ्न कांग्रेसलाई आग्रह समेत गर्नुभयो । उहाँले कम्युनिष्टहरु मिलेको र स्थिर सरकार बनेकामा प्रतिक्रियावादीहरुलाई असैह्य भएको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू