अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०५ | Colorodo: 16:20

गायक राजेश पायल राईको स्वरमा “जसले पनि” बोलको गीत सार्वजनिक

बिआरटीनेपाल २०७५ साउन ४ गते १७:२४ मा प्रकाशित

राई इज किङ्ग अर्थात् गायक राजेश पायल राईको स्वरमा “जसले पनि” बोलको गीत सार्वजनिक भएको छ । गीतको शब्द रचना बबिता राईको रहेको छ भने सङ्गीत भर्ने काम महेन्द्र राईले गरेका छन् ।

महेन्द्र एण्ड दीपा च्यानलबाट सार्वजनिक उक्त गीतको एरेन्ज फणिन्द्र राईले गरेका हुन् भने, राजेश थापाले रेकर्ड र किशोर थापाले मिक्सिङ्ग गरेका छन् । म्युजिक भिडियोमा छायाङ्कन, सम्पादन र निर्देशन रन्धिर श्रेष्ठको रहेको छ भने संजिव कटुवाल, एन्जलस भण्डारी, कमल जङ्ग र सूर्य ओलीले भिडियोमा अभिनय गरेको छन् ।

 

प्रतिक्रिया