अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१६ | Colorodo: 04:31

अपाङ्गता भएकाको अधिकार सुनिश्चित गरिन्छ –प्रचण्ड

बिआरटीनेपाल २०७५ साउन ४ गते ९:२७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता भएका नागरिकका अधिकारलाई सम्बोधन गर्ने बताउनुभएको छ । काठमाण्डौमा नेपाल नेत्रहीन संघको रजत महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताउनुभएको हो ।

संविधान, ऐन कानुन र आयोगहरुमा अपाङ्गता सम्बन्धि अधिकार सुनिश्चित गर्नेतर्फ सहयोग गर्ने प्रचण्डको भनाई थियो । नेत्रहीन अपाङ्गता भएकाहरुको पनि समावेशी आयोगमा प्रतिनिधित्व गराइने उहाँले वताउनुभयो ।

स्थानीय तह, प्रदेशसभा र संघीय संसदमा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व हुन नसक्नुमा केही कमजोरी रहेको उल्लेख गर्दै प्रचण्डले संविधान निर्माणका लागि सम्झौता गर्नुपरेकाले त्यस्तो हुन गएको वताउनुभयो । यद्यपि, नेत्रहीन र अपाङ्गता भएका नागरिक सहित सबै उत्पीडित समुदायहरुका लागि संविधानले अधिकार ग्यारेण्टी गरेको प्रचण्डको भनाई थियो । प्रचण्डले सरकारको सुखी नेपालीको लक्ष्यलाई पुरा गर्न समृद्धिको यात्रातर्फ लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू