अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०८ | Colorodo: 20:23

डाक्टर केसी कसैले उचालेर उचालिने मान्छे हैन– कांग्रेस सभापति देउवा

बिआरटीनेपाल २०७५ साउन ४ गते ९:२५ मा प्रकाशित

पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनसनरत डाक्टर गोविन्द केसी कसैले उचालेर अनसन नबसेको वताउनुभएको छ । शुक्रबार त्रिवि शिक्षण अस्पतालमा डाक्टर केसीलाई भेटेर फर्किएका देउवाले डा.केसीको माग तुरून्त पुरा गर्न सरकारलाई अनुरोध गर्दै उहाँले केसी कसैले उचालेर नउचालिने मान्छे भएको वताउनुभएको छ ।

‘डा.केसी कसैले उचाल्दा उचालिने मान्छे हो र ?, ’ सञ्चारकर्मीसँग देउवाले भन्नुभयो– मैले उहाँको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै मागबारे अगवत गराएको छु ।’ सभापति देउवाले डाक्टर केसीको स्वास्थ्यमा खेलबाड गर्न नहुने भन्दै उहाँको माग पुरा गराउन सबै सर्वसाधारण जनतालाई साथ दिन आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू