अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०८ | Colorodo: 04:23

चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुँदैन – शिक्षामन्त्री पोखरेल

बिआरटीनेपाल २०७५ साउन ३ गते ९:१९ मा प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले संसदमा पेश भएको चिकित्सा शिक्षा अध्यादेश फिर्ता नहुने बताउनुभएको छ । मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै मन्त्री पोखरेलले माथेमा कार्यदलको मनसाय र भावना अनुसार नै अध्यादेश संसदमा पेश गरिएको र फिर्ता नहुने बताउनुभएको हो । मन्त्री पोखरेलले २० दिनदेखि अनसनरत प्राध्यापक डा. गोविन्द केसीलाई अनसन नबस्न आग्रह गर्नुभएको छ ।
अध्यादेशमा स्वास्थ्य क्षेत्रका विकृति हटाउन मुलभुत कुरा समेटिएको र विद्येययक पास हुने प्रणालीमा गैसकेकोले विरोध गर्नुको औचित्य नभएको मन्त्री पोखरेलले बताउनुभयो । अध्यादेशमा समेटिएको बुँदामा असन्तुष्टी भएमो आयोग गठन गरी छलफल गर्न सकिने पोखरेलको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू