अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१२ | Colorodo: 02:27

पहिरोले पुरिएर पर्वतमा एकको मृत्यु, ६ घाईते

बिआरटीनेपाल २०७५ साउन २ गते ९:०४ मा प्रकाशित

 

पर्वतको जलजला गाउँपालिका ८ बरेनेटामा गएराति गएको पहिरोले पुरिएर जनाकोे मृत्यु भएको छ । राति करीब १ बजे घरमाथिबाट खसेको पहिरोले पुरिएर १६ वर्षीय विकास परियारको मृत्यु भएको हो । वेपत्ता परियारको शव आज बिहान करीब ९ बजे पहिरोले पुरिएको अवस्थामा भेटिएको थियो । पहिरोबाट जोगिन खोज्दा अरु ६ जना गम्भीर घाइते भएका छन् । पहिरो र स्थानीय लस्तीखोलाले कटान गर्दा २५ घर पूर्णरुपमा क्षतिग्रत वनेका छन । पहिरोका कारण रातिदेखि हराइरहेका अन्य ५ जना भने अपरान्ह सम्पर्कमा आएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभएको छ ।

मंगलबार साँझदेखि परेको मुुसलधारे वर्षा नरोकिएपछि लस्ती बजारबाट करीब चार सय मिटर माथिको बरेनेटा बस्ती माथिको पाँच स्थानबाट एकैसाथ पहिरो खसेको स्थानीय वासिन्दाले वताएका छन । बस्तीमा रहेका २४ मध्ये १३ घर पहिरोले सबै पुरेको उद्धारकर्ताहरुले जनाएका छन । बाँकी ११ घरपनि पनि चारैतिरबाट पहिरोले घेरिएका कारण सबै स्थानीय लस्ती बजारको स्कूल र पसलहरुमा झरेका छन् । यसैवीच, जलजला ७ धाइरिङको बांस्कोटमा स्थानीय भिमलाल आचार्यको घर पहिरोले पुरिंदा आचार्य सहित परिवारका ४ जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये केहीको टाउको र ढाडमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । नेपाली सेनाको केबलजंग गुल्म, चण्डिका शसस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले घाइतेको उद्वार गरी केहीलाई बाग्लुङ र केहीलाई पोखरा पठाएको पर्वत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू