अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४६ | Colorodo: 08:01

गोविन्द केसीलाई सरकारले कांग्रेसको कार्यकर्ता परिभाषित गरेर गल्ती गर्‍यो: कांग्रेस नेता गौतम

बिआरटीनेपाल २०७५ साउन १ गते ९:१२ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री सञ्जय गौतमले जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीका मागहरु तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गर्नुभएको छ । काठमाण्डौंमा आज आयोजित साक्षात्कारमा बोल्दै नेता गौतमले अनशनरत डाक्टर केसीलाई कांग्रेसको कार्यकर्ताका रुपमा परिभाषित गरेर सरकारले गल्ति गरेको भन्दै तत्काल केसीको जीवन रक्षा गर्न माग गर्नुभयो ।

डा. गोविन्द अनशन प्रकरणमा नेकपाका नेताहरुले बोलेका कुराहरुले सरकार गैरजिम्मेवार रहेको र दुई तिहाईको दम्भ देखिएको उहाँको टिप्पणी थियो । सरकारले कांग्रेसलाई केही नपाएर गोविन्द केसीलाई बोकेको छ, उचालेको छ जस्ता आरोप लगाउँदै आएको उल्लेख गर्दै नेता गौतमले माथेमा प्रतिवेदनको आधारमा संसदमा दर्ता गरिएको चिकित्सा शिक्षा विद्येयकका बारेमा कांग्रेस सहमत रहेको स्पष्ट पार्नुभयो । माथेमा प्रतिवेदन तयार पार्ने विज्ञ व्यक्तिहरुको सुझावलाई कांग्रेसले मानेको तर कुनै व्यक्तिलाई बोकेर राजनीति गर्नुपर्ने स्थति कांग्रेसको नरहेको उहाँको भनाई थियो ।

केसीको जारी १५ औं अनशन समाज र देशकै लागि भएको भन्दै सकारले यस्ता सामाजिक अभियन्ताहरुको जीवन रक्षा गर्नुपर्ने धारणा राखेका नेता गौतमले सरकार अपारदर्शी रुपमा अघि बढेको आरोप समेत लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू