अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५० | Colorodo: 18:05

संसद भवन अगाडि धर्ना दिने अधिकारकर्मीहरु पक्राउ

बिआरटीनेपाल २०७५ असार ३२ गते ८:१९ मा प्रकाशित

संसद भवन अगाडि धर्ना दिने कृष्ण पहाडी सहितका अधिकारकर्मीहरु पक्राउ परेका छन् । सरकारले स्वतन्त्रता विरोध र स्वेच्छाचारी निर्णय तथा गतिविधि गरेको भन्दै मानवअधिकार तथा शान्ति समाजले संसद भवनको ३ नम्बर गेट अगाडि धर्ना दिएको थियो । तर, धर्नामा बसेका २० भन्दा धेरै अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष बटुकृष्ण ढुंगेल, केन्द्रीय सदस्य गिता तिमल्सिना, बाबुहरी आचार्य, काठमाडौं शाखा सभापति रामकृष्ण बराललगायतलाई पक्राउ गरेको हो । उनीहरुलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू