अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०८ | Colorodo: 06:23

कानुनमन्त्रीको पत्रपछि गंगामायाको अनसन स्थगित

बिआरटीनेपाल २०७५ असार २९ गते ९:२६ मा प्रकाशित

 

सरकारले दुई बुँदे सहमति गरेपछि गंगामाया अधिकारीले अनसन स्थगित गर्नुभएको छ । जेठ १५ गतेदेखि अनसनमा बस्नुभएका अधिकारीलाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाउनुभएको हो । त्यसअघि उहाँलाई कानुनमन्त्री शेरबहादुर तामाङले हस्ताक्षर गरेको दुई बुँदे पत्र दिइएको थियो ।

पत्रमा २०७२ असोजमा जनाएको पाँच बुँदे प्रतिवद्धता कार्यान्वयन गर्ने उल्लेख छ । साथै त्यसको अनुगमन गरी प्रतिवेदन बनाउन सरकार र गंगामायाले तोकेको प्रतिनिधि रहेको अनुगमन समिति बनाउने पनि पत्रमा उल्लेख छ ।

गंगामायाले अवको १० दिनमा केही प्रगति भएन भने फेरि अनसन वस्ने वताउनुभएको इन्सेक अध्यक्ष सुवोधराज प्याकुरेलले जानकारी दिनुभयो । गंगामायाले छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै आउनुभएको छ । वीर अस्पतालमा अनसनकै क्रममा गंगामायाका पति नन्दप्रसाद अधिकारीको केही वर्ष अघि निधन भएको थियो भने गंगामायाका छोरा नुरप्रसाद वेपत्ता छन् । 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू