अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०९ | Colorodo: 08:24

तत्काल राष्ट्रिय परिचयपत्र जारी गर्न प्रधानमन्त्री ओलीको निर्देशन

बिआरटीनेपाल २०७५ असार २८ गते ८:५८ मा प्रकाशित

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको एकीकृत र पूरा विवरण भएको राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय परिचयपत्र नहुँदा सरकारी सेवा प्रवाहमा प्रभावकारिता नआउने भएकाले यस्तो परिचयपत्र चाँडो जारी गरी अपराधरहित समाज निर्माणमा लाग्न प्रधानमन्त्री ओलीले गृह मन्त्रालयलाई निर्देशन दिनुभएको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै बजेटको पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि विभिन्न मन्त्री र सचिवहरुको प्रस्तुतिकरणपछि प्रधानमन्त्रीले सो निर्देशन दिनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

बुधबार प्रधानमन्त्रीले कृषिमा आधुनिकीकरण, अर्गानिक उत्पादन, जलविद्युत आयोजनाको शीघ्र कार्यान्वयन, बजार अनुगमन र महंगी नियन्त्रण, क्षमताअनुसारको रोजगारी र स्वरोजगारी सिर्जना आदि क्षेत्रमा प्राथमिकता दिन पनि निर्देशन दिनुभएको थियो । कार्यक्रममा २१ वटै मन्त्रालयका सचिवहरुले मन्त्रालयगत कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू