अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३१ | Colorodo: 22:46

गोविन्द केसीका माग पूरा गर्न सरकार तयार छ – स्वास्थ्य राज्यमन्त्री अर्याल

बिआरटीनेपाल २०७५ असार २७ गते ८:२० मा प्रकाशित

 

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले जुम्लामा अनशनरत डा. गोविन्द केसीका मागहरु पूरा गर्न सरकार तयार रहेको वताउनुभएको छ । आज काठमाण्डौंमा आयोजित साक्षत्कारमा वोल्दै राज्यमन्त्री अर्यालले अनशन सुरु गरेदेखि नै सरकारले के.सी. लाई वार्तामा आउन आग्रह गर्दै आएको उल्लेख गर्दै के.सी.ले उठाएका मागहरुको बारेमा सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो ।

राज्यमन्त्री अर्यालले केही मागहरुका बारेमा विवाद रहेको भन्दै मैले भने कै हुनुपर्छ भनेर समस्या समाधान नहुने वताउनुभयो । कानुनी बाटोबाट मात्रै समस्याको समाधान हुने भन्दै मन्त्री अर्यालले संसदबाट मात्रै केसीका मागहरुले बैधानिकता पाउने दावी गर्नुभयो । चिकित्सा शिक्षा विद्येयक संसदमा पुगेकाले संसदले नै के.सी.ले उठाएका मागहरुलाई बैधानिकता दिने ठहर गर्नुभयो ।

राज्यमन्त्री अर्यालले डाक्टर केसीको स्वास्थ्य अवस्थाप्रति गम्भीर रहेको बताउँदै डा. के.सी.को उपचारको लागि कुनै कसर बाँकी नराख्ने समेत प्रतिवद्धता जनाउनुभयो । डाक्टर केसी काठमाडौं आउन नमाने जुम्लामै सरकारी टोली पठाएर बार्ता र संवादमार्फत अनसन तोडाउने अर्यालले वताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू