अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४६ | Colorodo: 13:01

देशभरको स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी

बिआरटीनेपाल २०७५ असार २६ गते १३:५९ मा प्रकाशित

नेपाल चिकित्सक सङ्घले आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य सेवासम्बन्धी माग तत्काल सम्बोधन नगरे देशभरको स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।

सङ्घका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले केसीको माग तत्काल सम्बोधन नभए इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गराउन बाध्य हुने चेतावनी दिनुभएको हो । श्रेष्ठले केसीको स्वास्थ्यबाहेकका अन्य मागसँग भने सङ्घलाई कुनै सरोकार नरहेको स्पष्ट पार्नुभएका अध्यक्ष श्रेष्ठले केसीको मागलाई राजनीतिक आवरणबाट नहेर्न सरकारलाई आग्रह गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई भेटेर आफूले समस्या समाधानका लागि उच्च स्तरीय समिति तत्काल बनाउन माग गरेको पनि जानकारी दिनुभयो । सङ्घको आह्वानमा चिकित्सकले केसीको माग सम्बोधनका लागि दबाब दिन भन्दै ३ दिनयता हातमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू