अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१९ | Colorodo: 15:34

चिकित्सक संघको चेतावनी

बिआरटीनेपाल २०७५ असार २६ गते ७:४१ मा प्रकाशित


२६ असार, पोखरा ।
नेपाल चिकित्सक संघले आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्यसम्बन्धी माग तत्काल सम्बोधन नगरे देशभरका स्वास्थ्य सेवा बन्द गराउन बाध्य हुने चेतावनी सरकारलाई दिएको छ । संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले वरिष्ठ चिकित्सक केसीको स्वास्थ्यसम्बन्धी माग तत्काल सम्बोधन नभए इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गराउन आफूहरू बाध्य हुने चेतावनी दिनुभएको हो ।
उहाँले वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य बाहेकका अन्य मागसँग भने संघलाई कुनै सरोकार नरहेको पनि स्पष्ट पार्नुभयो । अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई भेटेर आफूले समस्या समाधानका लागि उच्चस्तरीय समिति तत्काल बनाउन माग गरिएको जानकारी दिनुभएको छ ।
संघले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न सरकारलाई दबाब दिन विगत ३ दिनयता हातमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ । अध्यक्ष श्रेष्ठले वरिष्ठ चिकित्सक केसीको मागलाई राजनीतिक आवरणबाट हेर्न नहुने पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू