अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५५ | Colorodo: 22:10

नेकपाको नियमावलीमाथि छलफल सुरु, अर्को बैठक भोलि विहान ८ बजे वस्ने

बिआरटीनेपाल २०७५ असार २६ गते ७:३२ मा प्रकाशित

२६ असार, पोखरा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बालुवाटारमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठक बुधबार विहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टीको नियमावली परिमार्जनका लागि गठित कार्य दलले तयार पारेको प्रतिवेदनमाथि प्रारम्भिक छलफल गरेपछि बुधबार विहान ८ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

नियमावलीमाथि छलफल सुरु भएको र टुंगोमा पु¥याउन पुनः बैठक बस्ने निर्णय गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकले बुधबार बिहानसम्म नियमावलीलाई टुंगो लगाइ सक्ने र पार्टी जनवर्गीय संगठनहरुको एकीकरण प्रक्रियालाई तीव्रता दिने निर्णय पनि गरेको छ ।

गत शनिबार बसेको पार्टी सचिवालय बैठकले नेताद्धय बामदेव गौतम र रामबहादुर थापा तथा महासचिव विष्णु पौडेल रहेको कार्यदल गठन गरी तीन दिनभित्र नियमावली परिमार्जनका लागि आवश्यक सुझाव तयार पार्ने कार्यादेश दिएको थियो । भोलीको बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे पनि छलफल हुने पार्टीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू