अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३७ | Colorodo: 00:52

नौबिसे–नागढुंगा सुरुङ मार्गको डिपिआर अध्ययन गर्दै जाईका

बिआरटीनेपाल २०७५ असार २३ गते ९:०४ मा प्रकाशित

नौबिसे–नागढुंगा सुरुङ मार्गको निर्माणकालागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) जापानी सहयोग नियोग (जाईका) पठाइएको सडक विभागले जनाएको छ ।
जापान सरकारको ऋण सहयोग बन्ने सुरुङ मार्ग निर्माणका लागि सहमति जुटाउन विभागले डिपिआर जाईका पठाइएको हो ।

कन्सल्टेन्टले बनाएको डिपिआरलाई विभागले पास गर्दै ऋण सहयोग लिन प्रक्रिया पुर्‍याउन आवश्यक रहेको भन्दै डिपिआरका बारेमा जापान सरकारको सहमतिका लागि जाईका पठाएको सडक विभागले जनाएको छ।

जापानी कम्पनी निप्पोन कोइले सुरुङको डिपिआर बनाइदिएको हो भने नेपाली कम्पनी इटेको नेपालले निम्पोनसँग मिलेर काम गरेको विभागले जनाएको छ । कन्सल्टेन्टले डिपिआरको काम २०१७ को मार्च महिनाको अन्त्यतिरबाट सुरु गरेको थियो ।

देशको राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगामा बन्ने उक्त सुरुङ मार्ग अन्तर्राष्ट्रिय स्तरको हुने विभागको दाबी छ । विभागले सुरुङ मार्गसम्म पुग्ने सडक बनाउन चाहिने जग्गा अधिग्रहण गर्ने तयारी गरिसकेको छ ।

विभागले सुरुङ मार्गको पूर्व पट्टि बलम्बु, महादेवस्थान, थानकोट, दहचोक लगायतका स्थानको ४ सय ३७ कित्तामा रहेको २ सय ६६ रोपनी जग्गा अधिग्रहण गर्न सूचना निकालिसकेको छ । त्यस्तै गरी विभागले धादिङ तर्फपनि यस्तै सूचना निकालिसकेको जनाएको छ ।

२.५ किलोमिटर लम्बाइ रहने सुरुङमार्ग जापानी सहयोग नियोग (जाईका) को ऋण सहयोगमा निर्माण हुन लागेको हो । सुरुङमार्ग काठमाडौँको सीतापाइलादेखि धादिङको नौबिसेसम्म निर्माण हुनेछ ।
सुरुङ मार्ग निर्माणका लागि करिब २० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । सरकारले सुरुङ मार्ग निर्माण गर्न भन्दै ५ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । जापान सरकारसँग १६ अर्बको ऋण लिने सम्झौता भइसकेको छ ।

थानकोटदेखि नागढुङ्गा हुँदै सुरुङ मार्ग धादिङको सिस्नेखोलामा निस्कने गरी डिजाइन तयार पारिएको छ । सुरुङ मार्गको सम्भाव्यता अध्ययन पनि जापानी सहयोग संस्था जाइकाले नै गरेको थियो।
करिब ५ वर्षभित्र निर्माण सकिने लक्ष्यसहित योजना अघि बढाइएको छ। सन २०१९ मा आरम्भ भएर सन् २०२२ सम्ममा पुरा लक्ष्य राखेको छ । राजधानीको मुख्य प्रवेशद्वार नागढुंगामा सुरुङ निर्माण भएमा ट्राफिक समस्या समाधान हुनुका साथै त्यस क्षेत्रमा हुने सवारी दुर्घटनामा समेत कमी आउने अनुमान विभागको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू