अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५४ | Colorodo: 02:09

श्वेत भैरव सधैँका लागि खुला

बिआरटीनेपाल २०७५ असार २२ गते २३:२० मा प्रकाशित

काठमाडौँ, असार २३ गते । बडादशैँका बेला मात्र सर्वसाधारणका लागि खुला हुने गरेको हनुमानढोका स्थित श्वेत भैरव अब सधैँका लागि खुला गरिएको छ । श्वेत भैरवका गुठियारलाई भोज भतेर गर्न खर्च नै नपुगेको भन्दै दक्षिणा सङ्कलन हुने आसमा श्वेत भैरव अब जुनैदिन पनि सर्वसाधारणले दर्शन गर्न सक्ने गरी खुला गरिएको छ ।

गुठियार प्रकाश ताम्राकारका अनुसार सतुङ्गलमा श्वेत भैरव गुठीको १०४ रोपनी जग्गा मध्ये ७१ रोपनी रैतान व्यक्ति जग्गा धनी कायम गरिएको छ । कुल २२ रोपनी गुठी अधिनस्थ गुठी संस्थानको एकलौटी हक छ, अन्य जग्गा के कसो छ यकिन छैन ।

यी जग्गाको आयस्ता गुठियारले पुग्ने गरी पाएकै छैनन् दक्षिणाकालागिपनि भैरवलाई खुला गरिएको हो, ढोका पुरै नउघारेर आधा ढोका मात्र उघारिएको ताम्राकार बताउनुहुन्छ । गुठी संस्थानका उपप्रशासक जयप्रसाद रेग्मीका अनुसार यी जग्गाको आयस्ता निकै कम आउँछ, करोड कारोबार भइरहेको यी जग्गाको वार्षिक १०÷१५ रुपियाँ मात्र कुत बुझाएपछि कसरी गुठियारले पर्याप्त रकम पाउँछन् ।

उहाँ प्रतिप्रश्न गर्नुहुन्छ, यसो भए पनि सालना गुठियारलाई रकम बढाएर दिइएको छ । गुठियारहरू खाली पैसापैसापैसा भन्दै कुदिरहेका छन् ।  स्थानीय समाजसेवी एवं श्वेत भैरवका अनन्य भक्त प्रचण्डलाल श्रेष्ठ मालपोत, गुठी संस्थान र बैङ्क यी तीन निकायको साँठगाँठमा श्वेत भैरव गुठीको मात्र नभएर गुठी अन्तर्गतका सबै देवस्थलका गुठियारको अवस्था यस्तै नाजुक रहेको बताउनुहुन्छ । तत्कालीन राजा रणबहादुर शाहले यो भैरव स्थापना गरेको अभिलेख छ । गोरखापत्रबाट

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू