अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२८ | Colorodo: 06:43

नेपाल आइडलका प्रताप दासको ”लेखे एउटा गीत ” मा श्रेया र कमलको दमदार अभिनय

बिआरटीनेपाल २०७५ असार १६ गते ६:३० मा प्रकाशित

चर्चित गायन रिलायीटी शो पहिलो नेपाल आइडलका टप थ्री मा पर्न सफल गायक प्रताप दासको नयाँ गीत ”लेखे एउटा गीत ” सार्वजनिक भएको छ।

शुक्रबार दिउसो सार्वजनिक ”लेखे एउटा गीत “मा हरि पराजुलीको शब्द र सरोज प्याकुरेलको सङ्गीत रहेको छ भने आमोस तामाङ्गको एरेन्जमेन्ट रहेको गीतमा साजन शाहको मिक्सिङ र मास्टरिङ छ। बुद्ध थापाको सिनेमाटोग्राफी र निशान घिमिरेको सम्पादन रहेको गीतको भिडियोमा श्रेया कार्की र कमल सिंहको अभिनय हेर्न पाइन्छ। केदार धितालको निर्देशनमा बनेको भिडियोलाई के क्रियसनले बजारमा ल्याएको हो।

प्रतिक्रिया