अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४६ | Colorodo: 08:01

नेपाल आइडलकी सन्ध्याको स्वरमा आयो ‘शुभकामना

बिआरटीनेपाल २०७५ असार १६ गते ६:२६ मा प्रकाशित

गायन रिलायीटी शो पहिलो नेपाल आइडलको उत्कृष्ट नौमा परेर चर्चामा आएकी गायिका सन्ध्या जोशीको ‘शुभकामना’ बोलको गीत सार्वजनिक भएको छ । गितकार कादम्बरी दाना श्रेष्ठले रचना गरेको ‘शुभकामना’ बोलको गीतमा सन्ध्याले स्वर दिएकी हुन् । गीतमा शंकर थापा ”स्माईल”ले संगीत भरेका छन् भने एरेन्ज उदयराज पौडेलले गरेका हुन् ।
गीतको भिडियोमा गायिका जोशी स्वयंले अभियन गरेकी छिन् । एकल अभिनयमा सन्ध्याले दर्शकलाई न्याय गरेको अनुभूति भिडियो हेर्दा हुन्छ । गीतको निर्देशन, छायांकन र सम्पादन भने देवजंग थापाले गरेका हुन् । गितको अडियो भिडियोलाई डश म्युजिक प्राली ले प्रस्तुत गरेको हो।
सन्ध्याले अघिल्लो हप्ता मात्र नयाँ गीत ‘मिर्मिरे’ सार्वजनिक गरेकी थिइन् । आइडल पछि उनको यसअघि दुई गीत सार्वजनिक गरिसकेकी छन्।
हेर्नुस् भिडियो:

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू