अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२३ | Colorodo: 22:38

चीन भ्रमणबारे प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष जानकारी

बिआरटीनेपाल २०७५ असार १० गते २०:२९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण र समसामयिक विषयबारे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जानकारी गराउनुभएको छ । 

प्रधानमन्त्री ओलीले आईतबार बेलुका राष्ट्रपति निवास शीतलनिवास पुगेर आफ्नो छ दिने  चीनको  औपचारिक भ्रमणबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही असार ५ गते प्रधानमन्त्री ओली चीन जानुभएकोमा भ्रमण सम्पन्न गरी आईतबार स्वदेश फर्कनु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू