अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३१ | Colorodo: 00:46

लक्ष्मण श्री को नयाँ गीत सार्वजनिक

बिआरटीनेपाल २०७५ असार ८ गते ९:१७ मा प्रकाशित

नेपाल गायन क्षेत्रमा लक्ष्मण श्रीको नाम पुरानो हो । मन छुने शब्दमा गीत गाउन उनी सिपालु छन् । उनै, लक्ष्मण श्रीको आवाजमा एउटा गीत सार्वजनिक भएको छ ।

‘मनको घाउ निको पार्ने मलम हौ तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीत लक्ष्मण श्रीको नयाँ एल्बम ‘रचना’मा समावेश छ । बाग्लुङका सफल व्यवसायीसमेत रहेका श्रीको आवाजमा समावेश यो गीतमा मिलन बस्नेतको शब्द र बीबी अनुरागीको संगीत छ । गीतकार मिलन नेपाल प्रहरीका पूर्वउपरीक्षकसमेत हुन् ।

यो गीतको भिडियोलाई पनि आकर्षक बनाउन गायक श्रीले कुनै कसुर बाँकी राखेका छैनन् । भिडियोमा लक्ष्मण श्री र नायिका बेनिशा हमालको अभिनय छ । यसअघि श्रीका भिडियोमा नायिकाहरू करिश्मा मानन्धर, केकी अधिकारीले सम्म काम गरिसकेका छन् । श्री आफूले गुणस्तरीयतामा ध्यान दिने बताउँछन् ।

श्रीले चलचित्र निर्माण गर्नेसमेत तयारी गरेको बताएका छन् । यो भिडियोमा अर्जुन तिवारीको छायांकन, विकाश दाहालको सम्पादन छ । भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन् । निर्देशक घिमिरे भिडियोमा फरक स्वाद खोज्न माहिर मानिन्छन् ।

 

 

 

प्रतिक्रिया