अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०३ | Colorodo: 02:18

प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङबाट ल्हासा पुग्नुभएको छ

बिआरटीनेपाल २०७५ असार ८ गते ७:३१ मा प्रकाशित

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङबाट ल्हासा आइपुग्नुभएको छ । 

चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डललाई तिब्बत सरकारका उपमन्त्री लिउ ज्याङले स्वागत गर्नुभयो ।

प्रधानमन्त्री ओलीले ल्हासामा नेपाली समुदायसँग अन्तक्र्रिया गर्नुका साथै पोताला दरबार र जोखाङ मन्दिर अवलोकन तथा कृषि परियोजना निरीक्षणलगायत कार्यक्रममा सरिक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीनको राजधानी बेइजिङमा बिहीबार द्विपक्षीय हित र चासोका विभिन्न सम्झौतापछि प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल ल्हासा आइपुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू