अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४८ | Colorodo: 15:03

डा. देवकोटाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

बिआरटीनेपाल २०७५ असार ५ गते ९:२९ मा प्रकाशित

वरिष्ठ स्नायु रोग विशेषज्ञ डा उपेन्द्र देवकोटाको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले देवकोटाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर राष्ट्रका तर्फबाट सम्मान व्यक्त गर्नुभएको थियो ।

श्रीमती मधु देवकोटा दीक्षित, छोरीहरू मेघा, वसुधा र मञ्जरीले पार्थीव शरीरमा दागबत्ती दिनुभएको थियो । पित्त नलीको क्यान्सरबाट छ महिनादेखि पीडित डा देवकोटाको सोमबार ३ः३५ बजे बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको थियो ।

आज बिहान ८ बजेदेखि श्रद्धाञ्जलीका लागि अस्पताल परिसरमै पार्थिव शरीर राखिएपछि दिउँसो १ः०० बजे शवयात्रासहित पशुपति पुर्‍याइएको थियो । उहाँको अन्तिम दर्शनका लागि राजनीतिक दलका नेता, उच्च सरकारी अधिकृत, चिकित्सक, बिरामी तथा सर्वसाधारण ठुलो सङ्ख्यामा अस्पताल पुगेका थिए ।

डा देवकोटाको सात दिनसम्म गरिने काजकिरिया श्रीमती तथा छोरीहरूले गर्ने अस्पतालले जनाएको छ । विसं २०१० पुस ४ गते जन्मनु भएका डा देवकोटाले आफ्नो जीवनको करिब ३५ वर्ष नेपालको स्वास्थ्य सेवामा स्नायु विशेषज्ञका रूपमा बिताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू