अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१८ | Colorodo: 21:33

छबिराज र प्रदिपको ६ करोडको सिनेमा घरमा शिल्पा

बिआरटीनेपाल २०७५ असार ४ गते २०:०० मा प्रकाशित

ईटहरी, सुनसरीको मुख्य सहरको रूपमा रहेको ईटहरिमा पछिल्लो समय सिने गतिविधि निकै हुने गरेको छ । बढ्दो सहरीकरण सँगै देशमा भित्रिएको नयापन र शैलीबाट ईटहरि पनि टाढिन सकेको छैन । यस्तैमा सिने प्रेमीहरूको लागि ईटहरिमा एउटा मात्रै हाल भइरहेको अवस्थामा भने अब अर्को सिनेमा घर पनि सञ्चालनमा आएको छ । एलाईट सिनेमा घरको नामबाट सञ्चालनमा आएको यो हल केही दिन अघिदेखि मात्र औपचारिक सञ्चालनमा आएको हो । हलको ईटहरिका मेयर द्वारिकालाल चौधरीले रिबन काटेर औपचारिक उद्घाटन गरेका हुन् । उक्त हलमा शिल्पा पोखरेल रेस ३ हेर्न छविसँग पुगेकी थिइन । 

आफ्नो आफ्नो हल सञ्चालन गरेर बसेका प्रदिप र छविराज लगायतको टिममा सञ्चालन भएको हल भने यो नै पहिलो हो । आफ्नै जग्गा लिएर नितान्त सिनेप्रेमिहरुको लागि मात्र भनेर सुरु गरिएको यो अत्याधुनिक सिनेमा घरमा २ ओटा सिनेमा हल छ । पहिलो हलमा २०८ जनाको सिट क्षमता छ भने दोस्रो हलमा १४४ जनाको सिट क्षमता रहेको छ । उच्च गुणस्तरिय साउण्ड सिस्टम र भिडियो क्वालिटि सहित ठुलो पर्दामा फिल्म हेर्न पाइने सो हलहरूमा फोल्डिंग सिस्टम भएको आरामदायी सिट राखिएको छ ।

यस्तै दर्शकको सिनेमा हेर्ने लगावलाई ध्यानमा राखेर अन्य सिनेमा हलहरूमा भन्दा सस्तो टिकट दर पनि राखिएको निर्माता तथा हल सञ्चालक मध्येका एक छविराज ओझाले बताए । बार अनुसारको टिकट दरको सिस्टमलाई हटाएर नेपाली फिल्मको लागि २०० र अन्य फिल्मको लागि ३०० मात्र टिकट दर राखिएको छ ।

प्रतिक्रिया